काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बिहीबार बिहान ११ः३० बजे चःमतस्थित केन्द्रीय कार्यालयमा बस्दैछ। पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठकमा समसामयिक राजनीतिक गतिविधि र कात्तिक १७ गते हुने रूपन्देही–३ उपनिर्वाचनबारे मुख्य रूपमा छलफल हुनेछ।
दिवंगत सांसद दीपक बोहराको निधनपछि रिक्त भएको स्थानमा हुने चुनावलाई लक्षित गर्दै उम्मेदवार छनोट र चुनाव परिचालनका जिम्मेवारी तोक्ने विषयमा पनि निर्णय हुने बताइएको छ।











प्रतिक्रिया