स्वावलम्बन लघुवित्तद्वारा वातावरणमैत्री गाउँ निर्माण सम्बन्धी अन्तक्र्रिया सम्पन्न


काठमाडौं
स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले वातावरणमैत्री गाउँ निर्माण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बुढानिलकण्ठ नगरपालिकास्थित डाँडागाउँ वस्तीलाई वातावरणमैत्री स्वावलम्बन गाउँ निर्माण गर्ने उद्देश्यले गत शनिवार सरोकारवालासँग अन्तरक्रिया गरिएको हो ।

कार्वन उत्सर्जन न्यूनीकरण, फोहोर व्यवस्थापन र बृक्षारोपण गरी स्वच्छ वातावरण निर्माण गर्ने, उद्यमशीलता विकास गरी आयआर्जन वृद्धि तथा बेरोजगारी अन्त्य गर्न त्यहाँका जनता र सरोकारवालाको समन्वयमा वातावरणमैत्री स्वावलम्बन गाउँ निर्माण गर्न आयोजना गरिएको छ । अन्तरक्रिया कार्यक्रमको अध्यक्षता बालविकास समाज आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिता तामाङले गर्नुभएको थियो ।


प्रमुख अतिथि बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी र विशिष्ट अतिथि नगर उप प्रमुख अनिता लामा रहेको कार्यक्रममा केन्द्रीय कार्यालय उद्यमशीलता, ग्राहक संरक्षण तथा अनुसन्धान विभागका प्रबन्धक सुमन श्रेष्ठले वातावरण मैत्री स्वावलम्बन गाउँ निर्माणको अवधारणा सम्बन्धी प्रस्तुतीकरण दिनुभएको थियो ।


प्रमुख अतिथि तथा नगर प्रमुख मिठाराम अधिकारीले वातावरण संरक्षण, उद्यमशीलता विकास र रोजगारी सृजना जस्त महत्वपूर्ण विषय समेटेर वातावरणमैत्री गाउँ निर्माण गर्न अगुवाई गरेकोमा स्वावलम्बन लघुवित्त वित्तीय संस्थालाई धन्यवाद दिँदै समाजको र समुदायको हित हुने यस प्रकारका पवित्र कार्यमा नगरपालिका आवश्यक सहयोग र समन्वय गर्न तत्पर रहेको बताउनु भायो ।


नगर उपप्रमुख अनिता लामाले वातावरण मैत्री गाउँ निर्माण गर्ने कार्य अति जरुरी रहेको विशेष गरी बुढानिलकण्ठको डाँडागाउँ एक सुन्दर र रमणीय गाउँ भएको कारण पर्यटनको अथाह संभावना भएको तर फोहोर व्यवस्थापन चुनौतीपूर्ण रहेकोले फोहोर व्यवस्थापन गरी वातावरण संरक्षण गर्ने कार्यलाई प्राथमिकतामा राख्न सुझाव दिनुभयो ।
विद्यालयका प्रधानाध्यापक धोर्जे तामाङले डाडाँगाउको आजको मुल आवश्यकता यहाँको सुन्दरता र वातावरणको संरक्षण नै गनुपर्ने भएकोले विद्यालय, स्थानीय यूवाहरुको परिचालन तथा समन्वय गरी लक्ष्य हासिल गर्न मिलेर काम गर्ने बताउभु भयो ।


प्रमुख अतिथि बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी र विशिष्ट अतिथि नगर उप प्रमुख अनिता लामा रहेको कार्यक्रममा केन्द्रीय कार्यालय उद्यमशीलता, ग्राहक संरक्षण तथा अनुसन्धान विभागका प्रबन्धक सुमन श्रेष्ठले वातावरण मैत्री स्वावलम्बन गाउँ निर्माणको अवधारणा सम्बन्धी प्रस्तुतीकरण दिएका थिए ।


प्रमुख अतिथि तथा नगर प्रमुख मिठाराम अधिकारीले वातावरण संरक्षण, उद्यमशीलता विकास र रोजगारी सृजना जस्त महत्वपूर्ण विषय समेटेर वातावरणमैत्री गाउँ निर्माण गर्न अगुवाई गरेकोमा स्वावलम्बन लघुवित्त वित्तीय संस्थालाई धन्यवाद दिँदै समाजको र समुदायको हित हुने यस प्रकारका पवित्र कार्यमा नगरपालिका आवश्यक सहयोग र समन्वय गर्न तत्पर रहेको बताए ।


नगर उपप्रमुख अनिता लामाले वातावरण मैत्री गाउँ निर्माण गर्ने कार्य अति जरुरी रहेको विशेष गरी बुढानिलकण्ठको डाँडागाउँ एक सुन्दर र रमणीय गाउँ भएको कारण पर्यटनको अथाह संभावना भएको तर फोहोर व्यवस्थापन चुनौतीपूर्ण रहेकोले फोहोर व्यवस्थापन गरी वातावरण संरक्षण गर्ने कार्यलाई प्राथमिकतामा राख्न सुझाव दिनुभयो ।


विद्यालयका प्रधानाध्यापक धोर्जे तामाङले डाडाँगाउको आजको मूल आवश्यकता यहाँको सुन्दरता र वातावरणको संरक्षण नै गनुपर्ने भएकोले विद्यालय, स्थानीय यूवाहरुको परिचालन तथा समन्वय गरी लक्ष्य हासिल गर्न मिलेर काम गर्ने बताउनु भयो ।