काठमाडौँ।
मध्य रुसको इजेभ्स्क शहरमा युक्रेनले गरेको ड्रोन आक्रमणमा परी तीन जनाको ज्यान गएको छ भने ४५ जना घाइते भएका छन्।
रुसी अधिकारीहरूका अनुसार आक्रमणको निशाना कुपोल इलेक्ट्रोमेकानिकल प्लान्ट रहेको थियो। यो सैन्य कारखाना हो जहाँ ‘टोर’ नामक सतहबाट आकाशमा मार गर्ने मिसाइल प्रणाली र राडार सिस्टम निर्माण गरिन्छ।
उद्मुर्तिया क्षेत्रका गभर्नर अलेक्जान्दर ब्रेचलोभले घटनामा घाइते भएकामध्ये छ जनाको अवस्था गम्भीर रहेको जानकारी दिएका छन्। उनले राष्ट्रपति भ्लादिमिर पुटिनलाई घटनाबारे जानकारी गराइसकेका छन्। त्यसपछि सो क्षेत्रमा आपतकालीन अवस्था घोषणा गरिएको छ।
युक्रेनी सञ्चारमाध्यमका अनुसार उक्त कारखानाले ‘ओसा’ हवाई रक्षा प्रणालीको निर्माण पनि गर्दै आएको छ, साथै उसले विभिन्न प्रकारका ड्रोनहरू पनि विकास गरेको बताइएको छ।
बीबीसीलाई युक्रेनका एक अधिकारीले बताए अनुसार, युक्रेनी सुरक्षा सेवा (SBU) ले पठाएका दुई ड्रोनले करिब १,३०० किलोमिटर टाढा रहेको कुपोल कारखानामा आक्रमण गरेका थिए।
नोभेम्बर २०२४ पछि कुपोलमा भएको यो दोस्रो युक्रेनी ड्रोन आक्रमण हो। बीबीसीबाट











प्रतिक्रिया