काठमाडौं ।
निजामती सेवासम्बन्धी विधेयकमा ‘कुलिङ पिरियड’को प्रावधानमा हेरफेर भएको विषयमा संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा विवाद चुलिएको छ। बुधबार बसेको समितिको बैठकमा केही सांसदहरूले छानबिन समिति गठनको माग गरेका छन् भने केहीले समिति सभापति रामहरि खतिवडा र सचिवको राजीनामा माग गरेका छन्।
एमाले सांसद पदम गिरीले सभापति र सचिवलाई जिम्मेवार ठहर गर्दै राजीनामा दिनुपर्ने बताए। कांग्रेस सांसद प्रकाश अधिकारीले विधेयकमा गरिएको हेरफेरलाई ‘जघन्य अपराध’ भन्दै संसदीय छानबिनको माग गरे। माओवादी केन्द्रका सांसद हितराज पाण्डेले विधेयकमा केवल छेडछाड होइन, षड्यन्त्र भएको दाबी गर्दै प्रमुख सचिव र अन्य उच्च पदस्थ कर्मचारीहरू ‘कुलिङ पिरियड’ हटाउन लागिपरेको आरोप लगाए।
सांसदहरूले विधेयक पारित प्रक्रियामा पारदर्शिता नभएको भन्दै संसदको गरिमा जोगाउन दोषीको छानबिन आवश्यक रहेको बताएका छन्।











प्रतिक्रिया