शीतल निवासमा प्रदेश प्रमुखहरूको शिष्टाचार भेट


काठमाडौं ।

बुधबार बिहान राष्ट्रपति भवन शीतल निवासमा सातै प्रदेशका प्रदेश प्रमुखहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन्।

भेटमा कोशीका परशुराम खापुङ, मधेशकी सुमित्रा सुवेदी भण्डारी, बागमतीका दीपकप्रसाद देवकोटा, गण्डकीका डिल्लीराज भट्ट, लुम्बिनीका कृष्णबहादुर घर्तीमगर, कर्णालीका यज्ञराज जोशी र सुदूरपश्चिमका नजिर मियाँ सहभागी थिए।

भेटवार्ताका क्रममा प्रदेश प्रमुखहरूले आ-आफ्नो प्रदेशको वर्तमान अवस्था र गतिविधिबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए।