काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी ‘वन बिग ब्यूटीफुल बिल’ नामक विधेयक अमेरिकी सिनेटमा ५०\५० मतसहित उपराष्ट्रपति जेडी भान्सको निर्णायक मतबाट पारित भएको छ।
अलास्काकी सिनेटर लिसा मुर्कोव्स्कीको समर्थनपछि मत बराबरी भएपछी भान्सको मत निर्णायक बनेको हो। सामाजिक कार्यक्रमहरूमा खर्च कटौती गर्ने प्रावधानले विधेयकलाई विवादास्पद बनाएको छ।
राष्ट्रपति ट्रम्पले विधेयकलाई उत्कृष्ट भन्दै कांग्रेसलाई आगामी जुलाई ४ भित्र अन्तिम हस्ताक्षरका लागि समय दिएका छन्। हस्ताक्षरपछि विधेयक कानून बन्नेछ।











प्रतिक्रिया