संवैधानिक निकाय नियुक्तिविरुद्धको रिटमा आज सर्वोच्चको फैसला


काठमाडौं ।

संवैधानिक निकायका ५२ पदाधिकारी नियुक्तिविरुद्ध परेका रिटमा सर्वोच्च अदालतले आज फैसला सुनाउँदै छ। माघ ३० गतेदेखि निरन्तर सुनुवाइ गर्दै आएको संवैधानिक इजलासले आजको मिति निर्णयका लागि तय गरेको हो।

२०७७ माघ २१ र २०७८ असार १० गते संवैधानिक परिषद्को सिफारिसमा भएका नियुक्तिलाई असंवैधानिक ठहर गर्दै १५ वटा रिट परेका थिए। ती रिटमा प्रतिनिधिसभा विघटनको अवस्थामा संवैधानिक सुनुवाइ विना नियुक्ति गरिएको भन्दै आपत्ति जनाइएको छ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित पाँच सदस्यीय इजलासले आज निर्णय सुनाउने छ।