काठमाडौं ।
नेपाली कांग्रेसका नेता तथा पूर्व संविधानसभा सदस्य रामअयोध्या यादवको ७२ वर्षको उमेरमा निधन भएको छ।
बाराको सुवर्ण गाउँपालिका–२ कवहीजगात निवासी यादवको वीरगन्जस्थित हेल्थकेयर अस्पतालमा मधुमेहको उपचारका क्रममा निधन भएको हो।
उनी २०७० सालको दोस्रो संविधानसभा चुनावमा बारा–१ बाट कांग्रेसका उम्मेदवारका रूपमा निर्वाचित भएका थिए। यादव कांग्रेस बाराका पूर्व जिल्ला सचिव र महासमिति सदस्यसमेत रहेका थिए। उनको आजै अन्त्येष्टि गरिने जनाइएको छ।











प्रतिक्रिया