संगीतमा भेट्दिन राती राती


गायक गायिका सुभास मण्डल र लसता जोशीको स्वरमा भेट्दिन राती रातीमा बोलको गीत हालै राजधानीमा आयोजित एक कार्यक्रमका बीच भिडियोसहित सार्वजनिक गरिएको छ।

दीपक शर्माको शब्द रचना र संगीत रहेको गीतको भिडियोमा नेपालभाषाका फिल्मकी नायिका यसराज गराच र भिन्तुना जोशीले अभिनय गरेका छन्। भिडियोको निर्देशन सुब्रत आचार्यले गरेका छन्।

गीत सार्वजनिकीकरण कार्यक्रममा फिल्मकर्मी प्रकाश सायमि, गायक जुजुकाजि रन्जित, संगीतकार न्ह्यू बज्राचार्य, पत्रकार विजयरत्न तुलाधर, गायिका लसता र नायिका भिन्तुनाकि आमा नगिना जोशीले गीत र त्यसको भिडियोबारे चर्चा गरेका थिए।