सुनकोसी गाउँपालिकामा तालाबन्दी : प्रअलाई बारम्बार स्पष्टीकरण सोधिएकोमा चार वडाध्यक्ष आन्दोलित


काठमाडौ ।

सिन्धुलीको सुनकोसी गाउँपालिकामा विद्यालय अनियमितता र भुक्तानीका विषयमा उत्पन्न विवादले चर्को रुप लिएको छ। प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले प्रगतिशील नमुना माविकी प्रधानाध्यापक सरिता चौलागाईंलाई बारम्बार स्पष्टीकरण सोध्दै आएकोमा विरोधस्वरूप गाउँपालिका उपाध्यक्ष कपिल कोइरालासहित चार वडाध्यक्षले प्रशासकीय अधिकृत र शिक्षाशाखामा तालाबन्दी गरेका छन्।

उनीहरूका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट छानबिन भइरहेकै बेला प्रअलाई पत्र पठाइ स्पष्टीकरण माग्नु र राजीनामासम्मको दबाब दिनु अनुचित भएको हो। प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले भने विद्यालयको आर्थिक कारोबारमा गम्भीर कैफियत देखिएकाले सो स्पष्टीकरण आवश्यक भएको जनाएका छन्। तालाबन्दी पत्र फिर्ता नभएसम्म जारी रहने जनप्रतिनिधिहरुले बताएका छन्।