काठमाडौं ।
हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश भागमा सामान्य बदली रही केही स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना छ।
उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना पनि रहेकोले महाशाखाले बाढी, पहिरो र भूक्षयको जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।











प्रतिक्रिया