काठमाडौं
मुक्तिनाथ विकास बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न प्रदेशमा सामाजिक सहयोग कार्यहरु सम्पन्न गरेको छ ।
बैंकले शिक्षालाई प्रोतसाहन दिँदै सुदुरपश्चिम प्रदेशको डोटी जिल्लामा रहेको बटालागाँउ, पूिर्वचौकी गाँउ पालिका वडा नं. ५ स्थित नव प्रभाव आधारभूत विद्यालयमा अध्ययनरत ८७ जना छात्र–छात्राहरुलाई विद्यालय पोषाक उपलब्ध गराएको हो ।
यस्ता कार्यक्रमले विद्यार्थीमा उत्साह थप्नुका साथै अध्ययनप्रति सकरात्मक प्रभाव पर्ने विश्वास बैंकले लिएको छ ।
त्यसैगरी स्वास्थ्य क्षेत्रमा प्राथमिकता राख्दै बैंकले कर्णाली प्रदेश बिरेन्द«नगर–४, सुर्खेत स्थित प्रदेश अस्पताल सुर्खेतमा सहयोग स्वरुप १० थान व्हीलचेयरहरु प्रदान गरेको छ, जसबाट स्वास्थ्य सेवा लिन आउने बिरामी र जेष्ठ नागरिकलाई सहज हुने अपेक्षा बैंकले लिएको छ ।
साथै, कोशी प्रदेश स्थित जिल्ला अस्पताल, धनकुटामा समेत बैंकले बिरामी तथा कुरुवा बस्न सहज होस् भन्ने उदेश्यले ७ थान तीन सिटर कुर्सी हस्तान्तरण गरेको छ ।
बैंकले सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै यस बाहेक स्वास्थ्य, वातावरण तथा वित्तीय साक्षरता लगायतका क्षेत्रहरुमा निरन्तर सकरात्मक योगदान पुराउँदै आइरहेको छ । आगामी दिनहरुमा समेत यस किसिमका गतिविधिलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता बैंकले जनाएको छ ।











प्रतिक्रिया