काठमाडौं
मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो परिमार्जित वेबसाइट सार्वजनिक गरेको छ । हालै सार्वजनिक गरिएको यो वेबसाइट ग्राहकमैत्री तथा अत्यन्तै जानकारीमूलक रहेको छ ।
ग्राहकवर्गको सुविधालाई मध्यनजर गर्दै थप सेवा उपलब्ध गराउने उद्देश्यले यो वेबसाइटलाई प्रयोगकर्तामैत्री बनाइएको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तेजराज तिमिल्सिनाले जानकारी दिनुभयो ।
नवीनतम प्रविधिमा आधारित यो वेबसाइटमार्फत प्रयोगकर्ताहरूले संस्थाको बारेमा विस्तृत जानकारी, संस्थाका उत्पादन तथा सेवाहरू, सार्वजनिक जानकारी (पब्लिक डिस्क्लोजर) अन्तर्गतका सम्पूर्ण विवरण, अनलाइनमार्फत खाता खोल्ने सुविधा, अनलाइन सावधि निक्षेप (एफडी) राख्ने सुविधा, तथा वेब बैंकिङमार्फत आफ्नो खाताबाट कारोबार गर्ने सुविधा सजिलै प्रयोग गर्न सक्ने छन् ।
संस्थाले विश्वास लिएको छ कि यस परिमार्जित वेबसाइटले ग्राहक सेवामा अझ मजबुती ल्याउनेछ र सार्वजनिक जानकारीमा अझ पारदर्शिता प्रदान गर्नेछ ।
सदैव अत्याधुनिक प्रविधिलाई आत्मसात गर्दै आफ्ना ग्राहकवर्गलाई नवीनतम सेवा प्रदान गर्न प्रतिबद्ध मञ्जुश्री फाइनान्सले हालसम्म झण्डै २२ अर्ब रुपैयाँ निक्षेप संकलन तथा करिब १८.२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरिसकेको छ ।
निक्षेपमा आकर्षक ब्याजदर तथा कर्जामा सुलभ सेवा प्रदान गर्दै आइरहेको मञ्जुश्री फाइनान्सले हाल २७ वटा शाखा तथा १ वटा विस्तारित काउन्टरमार्फत उत्कृष्ट वित्तीय सेवा दिइरहेको छ ।
हालसम्म १ लाख ५० हजारभन्दा बढी सन्तुष्ट ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको मञ्जुश्री फाइनान्स देशकै एक अग्रणी वित्त कम्पनीको रूपमा स्थापित हुँदै गएको छ ।











प्रतिक्रिया