राइजिङ हाइड्रोपावरले सर्वसाधारणलाई शेयर निष्काशनका लागि मुक्तिनाथ क्यापिटललाई परामर्शदाता नियुक्त


काठमाडौं
जलविद्युत् क्षेत्रमा क्रियाशील राइजिङ हाइड्रोपावर प्रा.लि. ले सर्वसाधारणलाई प्रारम्भिक शेयर निष्काशन प्रक्रिया अघि बढाउने तयारीस्वरूप मुक्तिनाथ क्यापिटल लिमिटेड लाई परामर्शदाता नियुक्त गरेको छ ।

यस सम्बन्धमा आयोजित एक कार्यक्रमका क्रममा राइजिङ हाइड्रोपावरका अध्यक्ष श्री शंकर बहादुर घिमिरे र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्री कबिन्द्र ध्वज जोशी ले दुई पक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अन्तर्गत मुक्तिनाथ क्यापिटलले कम्पनी स्थापनादेखि आईपीओ निष्काशनसम्मका सम्पूर्ण संस्थागत परामर्श सेवा प्रदान गर्नेछ । साथै, पूँजी संरचनाको पुनःसंरचना, प्रबन्धपत्रमा आवश्यक संशोधन तथा नियामक निकायमा आवश्यक समन्वय कार्यमा समेत परामर्श तथा सहजीकरण गर्नेछ ।

२०६२ साल फागुन २२ गते स्थापना भएको राइजिङ हाइड्रोपावर नेपालको जलविद्युत् क्षेत्रमा दीर्घकालीन विकास र स्वदेशी स्रोतको सदुपयोगमार्फत दिगो ऊर्जा उत्पादनमा समर्पित संस्था हो ।

सिन्धुपाल्चोक जिल्लामा अवस्थित कम्पनीको प्रमुख आयोजना “सेलाङ खोला साना जलविद्युत् आयोजना (९९० किलोवाट)” ले वार्षिक ६.७७ गिगावाट विद्युत् उत्पादन गर्दै राष्ट्रिय प्रसारण प्रणालीमा आपूर्ति गर्दै आएको छ। आयोजनाको ऋण भुक्तानी म्याद २०८१ भदौ २ गते तोकिएको छ ।

कम्पनीले २०८१ साल चैत्र २७ गते सम्पन्न साधारण सभा मार्फत आफूलाई प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण गर्दै ‘टेनेक्स हाईड्रो होल्डिङ लिमिटेड’ नाम राख्ने प्रस्ताव पारित गरिसकेको छ, र हाल कम्पनी रजिष्ट्रारको कार्यालयमा उक्त नाम दर्ता प्रक्रियामा छ ।

कम्पनीले आर्थिक वर्ष २०८२÷८३ भित्र सर्वसाधारणलाई रु. ४० करोड बराबरको शेयर निष्काशन गरी चुक्ता पूँजी पु¥याउने योजना सार्वजनिक गरेको छ ।

यससँगै, कम्पनीले पाँचवटा अतिरिक्त जलविद्युत् कम्पनीहरूमा लगानी प्रवर्धन गर्ने दीर्घकालीन लक्ष्य राखेको जानकारी समेत दिएको छ ।