काठमाडौं
नेपालको अग्रणी हाइजिन तथा शिशु डायपर निर्माता कम्पनी ब्रजेश्वरी इन्डस्ट्रिज प्रा.लि.ले भारतीय मानक ब्यूरो (बीआईएस)को प्रमाणपत्र प्राप्त गरेको छ । यससँगै ब्रजेश्वरी इन्डस्ट्रिज यो उपलब्धि हासिल गर्ने पहिलो नेपाली बेबी हाइजिन निर्माता कम्पनी बनेको छ ।
ब्रजेश्वरी समूहका अध्यक्ष तथा दूरदर्शी उद्यमी श्री एस.पी. ढकाल द्वारा २०१८ मा स्थापना गरिएको यस कम्पनीले नेपालमा बेबी हाइजिन उद्योगमा क्रान्तिकारी परिवर्तन ल्याएको छ ।
सुरुवातमा करिब ६० करोड रुपैयाँको लगानीबाट सुरु भएको यस कम्पनीले निरन्तर आधुनिक प्रविधि, उच्च गुणस्तरका कच्चा पदार्थ, र विश्वस्तरीय उत्पादन विधिमा लगानी गर्दै आएको छ ।
“न्यानो“ र “टेन्डर टच“ ब्राण्डमार्फत ब्रजेश्वरी इन्डस्ट्रिज नेपाली बजारमा विश्वसनीय शिशु डायपर र हाइजिन उत्पादनहरूको रूपमा स्थापित भएको छ । कम्पनीले सन् २०२३ र २०२४ मा नेपालबाट शिशु डायपर निर्यातमा सबैभन्दा ठूलो योगदान पुर्या्एको भनेर पनि सम्मान प्राप्त गरेको छ ।
भारत सरकारले आयातित बेबी हाइजिन उत्पादनमा बीआईएस प्रमाणपत्र अनिवार्य गरेपछि विगत ६ महिनादेखि निर्यात प्रक्रिया रोकिएको थियो । बीआईएसका कडा मापदण्ड र उच्च अस्वीकृति दर हुँदाहुँदै पनि ब्रजेश्वरीले ती सबै प्रक्रिया छिटो र प्रभावकारी रूपमा पार गरी प्रमाणपत्र प्राप्त गर्न सफल भएको हो ।
“कडा परीक्षण र सम्पूर्ण नियम पालना गरिसकेपछि हामीले बीआईएस प्रमाणपत्र प्राप्त गरेका छौं भन्ने कुरामा हामी गौरवान्वित छौं । यो हाम्रो कम्पनीका लागि मात्र नभएर सम्पूर्ण नेपाली उत्पादन उद्योगका लागि नयाँ अध्याय हो,“ अध्यक्ष ढकालले भन्नुभयो ।











प्रतिक्रिया