हैदराबाद।
भारतको तेलङ्गाना राज्य अन्तर्गत संगारेड्डी जिल्लाको पसामिलाराम औद्योगिक क्षेत्रमा रहेको एक रासायनिक कारखानामा भीषण विस्फोट हुँदा कम्तीमा ८ जनाको ज्यान गएको छ भने २० व्यक्ति घाइते भएका छन्।
सिगाची केमिकल्स नामक कम्पनीको रिएक्टरमा अचानक विस्फोट भएपछि आगलागी फैलिएको बताइएको छ। विस्फोट यति शक्तिशाली थियो कि आसपासका भवनहरू समेत प्रभावित भएको प्रारम्भिक जानकारी छ।
स्थानीय अधिकारीहरू र अग्निनियन्त्रक टोली घटनास्थलमा खटिएका छन् र आगो नियन्त्रणमा लिन प्रयास भइरहेको छ। घाइतेहरूलाई नजिकैका अस्पतालहरूमा उपचारका लागि पठाइएको छ, जसमध्ये धेरैको अवस्था गम्भीर रहेको बताइएको छ।
हालसम्म मृतकको संख्या आधिकारिक रूपमा पुष्टि नभए पनि, स्थानीय विधायक महिपाल रेड्डीले मृतक संख्या अझै बढ्न सक्ने बताएका छन्। बीबीसी लगायत केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले मृत्युको संख्या पुष्टि गर्न बाँकी रहेको जनाएका छन्।











प्रतिक्रिया