काठमाडौं ।
इजरायलसँग १२ दिनसम्म चलेको युद्धमा मारिएका ६० जना इरानी सैन्य अधिकारी र आणविक वैज्ञानिकको तेहरानको उन्गेलाव चोकमा सामूहिक अन्त्येष्टि गरिएको छ।
अन्त्येष्टिमा इरानी प्रधानमन्त्री मसुद पजेस्कियन र सर्वोच्च नेता आयतुल्लाह खोमिनीसँगका सल्लाहकार अलि सङ्खमणिसहित हजारौँ सर्वसाधारण सहभागी थिए।
शवहरूमा राष्ट्रिय झन्डा ओढाएर सम्मान गरिएको थियो। युद्धमा हालसम्म ६२७ इरानीको मृत्यु भइसकेको छ। मृतकमध्ये सैन्य प्रमुख मोहम्मद बागेरी, आइआरजी प्रमुख हुसेन सलामी र वैज्ञानिक मोहम्मद मृहद तेरान्ची समेत थिए ।











प्रतिक्रिया