काठमाडौं ।
भारतीय मोडल तथा अभिनेत्री शेफाली जरीवालाको निधन भएको छ। भारतीय सञ्चार माध्यमहरूका अनुसार, मुम्बईको लोखंडवालास्थित निवासमा राति करिब ११ बजेतिर छाती दुख्ने गुनासो गरेपछि उनका पति पराग त्यागीले उनलाई अस्पताल लगेका थिए। अस्पताल पुग्नुअघि नै डाक्टरहरूले उनलाई मृत घोषित गरेका थिए।
शेफालीको मृत्युको पुष्टि विरल बयानीले विक्की लालवानीको पोस्ट उद्धृत गर्दै गरेका छन्। उनीहरूलाई बेल्लेभ्यू मल्टिस्पेशलिटी अस्पताल लगिएको थियो। अस्पतालका एक डाक्टरले शवलाई पोस्टमार्टमका लागि कूपर अस्पताल पठाइएको बताएका छन्।
‘काँटा लगा’ गीतबाट चर्चामा आएकी ४२ वर्षीया शेफालीले मुझसे शादी करोगी जस्ता फिल्महरूमा समेत अभिनय गरेकी थिइन्। हालसम्म परिवारको तर्फबाट आधिकारिक पुष्टि आउन बाँकी छ।











प्रतिक्रिया