लक्ष्मी देवी मिसेस नेसनल ग्रयान्ड


राजधानीमा हालै सम्पन्न विवाहित महिलाहरूबीचको सौन्दर्य प्रतियोगितामा लक्ष्मी देवीले द मिसेस नेसनल ग्रयान्डको ताज चुमेकी छन्।


क्रिजोना मिडिया गु्रप प्रालिद्वारा जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा १९ प्रतिस्पर्धीलाई पछाडि छोड्दै लक्ष्मीले द मिसेस नेसनल ग्रयाण्ड २०२५ को उपाधि चुमेकी हुन्। उनले मोस्ट फोटोजेनिकको उपउपाधिलाई पनि आफनो बनाएकी छन्। गारखाकी २७ वर्षीया लक्ष्मी समाजशास्त्रकी विद्यार्थी हुन्। समाजसेवा र लेखनमा रुचि राख्ने उनी हाल बालाजु वनस्थलीमा बस्दैै आएकी छिन्।

तेस्रो संस्करणको प्रतियोगितामा जुनु कार्की द मिसेस नेसनल प्लाटिना र अनिता खड्का द मिसेस नेसनल क्लासिकको ताज चुम्न सफल भए। रानी खरेलको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा द मिसेस नेसनल प्लाटीना विजेता कार्की मोस्ट ट्यालेन्टेड र मोस्ट पपुलर उपउपाधिको विजेता पनि भइन्। त्यसै गरी द मिसेस नेसनल क्लासिक विजेता खड्का मोस्ट इन्टिलिजेन्ट र भ्युअर्स च्वाइस उपउपाधि विजेता पनि भइन्।

समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा सविता परियार मोस्ट स्टाइलिस, सिर्जना विष्ट मोस्ट करिस्म्याटिक, रीना कुशवाह मोस्ट इन्सिपाइरिङ, रीता गामी टाइमलेस ब्युटी, नीलम श्रेष्ठ बेस्ट स्माइल, रोशनी झा मोस्ट एलिगेन्ट, श्वेता भुषाल मोस्ट एक्टिभ, आरती महतो मिसेस फेसनिस्टा, बुनु विष्ट बेस्ट पर्सनालिटी, सरस्वती रावत बेस्ट फिगर, विजया श्रेष्ठ मोस्ट फ्रेन्डली, सरिता वाइवा मोस्ट ग्रेसफुल, राधिका सिलवाल मोस्ट डिसिप्लिन, सरिता खड्का बेस्ट वाक, रोजी कायस्थ वेस्ट लिडरसिप, अस्मिता बजगाईं मोस्ट क्रियटिभ र लक्ष्मी सुवाल मोस्ट कन्फिडेन्ट उपउपाधि बिजेता भए।

अभिनेत्री गौरी मल्ल प्रतियोगिताको प्रमुख निर्णायक रहेको प्रतियोगितामा फिल्म निर्देशक तथा अभिनेता मनिष राउत, एभरेस्ट फिल्म एकेडेमीका निर्देशक विशाल श्रेष्ठ, कलाकार दीपक कोइराला र समाजसेवी नानु सिंह निर्णायक रहेका थिए।
प्रतियोगिताको आयोजक संस्था क्रिजोना मिडिया ग्रुप प्रालिका प्रबन्ध निर्देशक तथा कोरियोग्राफर लभिन अन्सारीले विवाहित महिलाहरूलाई घरभित्रबाट बाहिर निस्केर स्वावलम्बी बन्न प्रोत्साहित गर्ने तथा उनीहरूमा अन्तर्निहित प्रतिभाको उजागर गरी बाहिर ल्याउने उद्देश्यले द मिसेस नेसनलको आयोजना गरिँदै आएको बताए।