तथास्तु बन्ने


डोरी फिल्मका निर्देशक अरुण लामाले दोस्रो फिल्म तथास्तु निर्माण गर्ने भएका छन्।
जी सेभेन प्रोडक्सन् प्रालिको ब्यानरमा बन्ने फिल्म केवल फिल्म नभई कर्म, भाग्य र आन्तरिक रूपान्तरणको कथा हुने निर्देशक लामाले बताए।

उनका अनुसार फिल्मले आध्यात्मिक यात्रा, अन्तद्र्वन्द्व र सामाजिक यथार्थबीचको द्वन्द्व प्रस्तुत गर्नेछ’ उनले भने। निर्देशक लामाले फिल्ममा नयाँ पुस्ताका कलाकारका साथमा भारतका अप्रत्याशित तर सक्षम अनुहारहरू, स्थापित कलाकार तथा उदाउँदा प्रतिभाहरूलाई स्थान दिने बताए। नेपाली र हिन्दी दुवै भाषामा निर्माण हुने फिल्मको छायांकन नेपाल र भारतमा हुनेछ।