सुशील केडिया सेवा फाउण्डेसनद्वारा विपत उद्धार सामाग्री हस्तान्तरण


काठमाडौँ
विपत जोखिम न्यूनीकरण गर्न सुशील केडिया सेवा फाउण्डेसनले उपत्यका प्रहरी कार्यालयलाई उद्धार समाग्रीहरु हस्तान्तरण गरेको छ । हस्तान्तरण गरिएको सामग्रीमा रबर बोट, लाइफज्याकेट, बुट लगायत अत्यावश्यक समाग्रीहरु रहेका छन् ।
रत्नपार्कस्थित उपत्यका प्रहरी कार्यलयमा प्रहरी प्रमुख टेक बहादुर तामाङ्गको स्वामित्वमा सुशील केडिया सेवा फाउण्डेसनका अध्यक्ष सुमित केडियाले सो सामाग्री वितरण गरेका हुन् ।
विपतको कुनै निश्चित समय नरहेकाले यसको उद्धार तथा व्यवस्थापनका लागि सरकारी संयन्त्र मात्रै नभई सबै पक्षहरुको सहकार्य र जागरुकता आवश्यक रहेको उपत्यका प्रहरी कार्यालयका प्रहरी प्रमुख टेकबहादुर तामाङ्गले जानकारी दिए ।
सोहि कार्यक्रममा भौगोलिक हिसाबले काठमाडौं बाढी पहिरोको जोखिम क्षेत्र रहेको अनि यसका निमित्त सुशील केडिया सेवा फाउण्डेसनले उपत्यका प्रहरी कार्यालयको सहकार्यमा आम नागरीकको जीवन सुरक्षाका लागि सामाग्री वितरण गरेको भनि फाउण्डेसनका अध्यक्ष सुमित केडियाले जानकारी दिई आगामी दिनमा पनि यस्तै सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।
नागरिकको जिउधनको सुरक्षा गर्ने र स्वयम् नागरिकलाई सचेत गराउने उद्देश्यसहित उपत्यका प्रहरी कार्यालयले सो कार्यक्रम सञ्चालन गरेको हो ।
विपत व्यवस्थापनका लागि स्वयम सेवकसँगको सहकार्यमा तालिम दिने र उद्धार सामाग्रीका लागि विभिन्न संघ संस्थासँग समेत समन्वय गरिरहेको उपत्यका प्रहरी कार्यलयका प्रहरी प्रमुख टेकबहादुर तामाङ्गले बताउनु भयो ।