काठमाडौं ।
इजरायल–इरान द्वन्द्वका कारण रोकिएको ग्यास आपूर्तिलाई इजिप्टले पुनः सुरु गर्ने भएको छ। प्रधानमन्त्री मोस्तफा मादबोलीले शुक्रबारदेखि रोकिएका धेरै कारखानामा ग्यास पम्पिङ सुरु हुने बताएका छन्।
उत्तरी सहर न्यु अलामेनमा आयोजित मन्त्रिपरिषद् बैठकमा उहाँले औद्योगिक क्षेत्रमा आवश्यक ऊर्जा आपूर्ति सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको जनाए। द्वन्द्वको बेला इजिप्टले आपतकालीन योजना सक्रिय गर्दै केही कारखानामा ग्यास कटौती गरेको र पावर स्टेशनहरूमा इन्धन र डिजेल प्रयोग गरिएको थियो।











प्रतिक्रिया