नाटोको सुरक्षा खर्च वृद्धि ट्रम्पद्वारा ठूलो जित घोषित


काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटोको सुरक्षा खर्च पाँच प्रतिशतले बढाउने निर्णयलाई अमेरिका र पश्चिमी सभ्यताका लागि ठूलो जितको रूपमा व्याख्या गरेका छन्।

नेदरल्यान्ड्सको हेगमा सम्पन्न नेटो सम्मेलनमा गरिएको निर्णयपछि ट्रम्पले आफ्नो लामो समयदेखि गरिएको दबाब सफल भएको प्रतिक्रिया दिएका हुन्। ट्रम्पको निरन्तर दबाबका कारण नेटो सदस्य राष्ट्रहरू सन् २०४६ देखि लागू हुने गरी सुरक्षा खर्चमा पाँच प्रतिशतको वृद्धि गर्न सहमत भएका छन्।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार नेटो सदस्य राष्ट्रहरूको संयुक्त विज्ञप्तिमा रूस र आतङ्ककारीबाट बढ्दो खतरा सामना गर्न थप सुरक्षा संयन्त्रको आवश्यकतालाई जोड दिइएको छ। साथै, कुनै एक सदस्य राष्ट्रमाथि आक्रमण भएमा सबै मिलेर जवाफ दिने प्रतिबद्धता दोहोर्याइएको छ।

सम्मेलनपछि पत्रकारसँगको संक्षिप्त संवादमा राष्ट्रपति ट्रम्पले इरानको विषयमा पनि टिप्पणी गर्दै, ूइरानले पछिल्लो युद्ध साहसपूर्वक लड्यो,भने। उनले अब इरानले तेल बेचेर पुनर्निर्माण गर्न सक्ने बताए। साथै, उनले इरानको परमाणु हतियार नष्ट भइसकेको दाबीसमेत गरे।

यो सम्मेलनले नाटोको सुरक्षा नीति, सदस्य राष्ट्रहरूको सहकार्य र विश्व राजनीतिक सन्तुलनमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।