काठमाडौँ
मञ्जुश्री फाइनान्सले खल्तीसँगको सहकार्यमा डिजिटल वालेटमार्फत बचत गर्न सकिने ‘स्मार्ट डिपोजिट’ सुविधा सुरु गरेको छ । मञ्जुश्री फाइनान्स र खल्तीको सहकार्यमा सुरु गरिएको स्मार्ट डिपोजिटले वित्तिय कारोबारमा प्रविधि प्रयोगलाई थप व्यापक बनाउने छ ।
खल्तीमार्फत आफ्नो वित्तिय कारोबार गरिरहेका सबै ग्राहकले सजिलै मञ्जुश्रीमा खाता खोल्न र आफ्नो कारोबार गर्न सक्नेछन् । यसले वित्तिय संस्थामा गएर खाता खोल्नका लागि खर्चनुपर्ने समय बचत हुनेछ भने वित्तिय कारोबार गर्न झनै सहज हुने विश्वास रहेको मञ्जुश्री फाइनान्सका सीईओ तेजराज तिमिलसिनाले बाताउनु भयो ।
यस सेवामार्फत खल्ती प्रयोगकर्ताले आफ्नो वालेटबाटै दैनिक, साप्ताहिक वा मासिक रूपमा निश्चित रकम बचत गर्न सक्नेछन् । बचत अवधि ६ महिना देखि ६० महिना सम्म चयन गर्न मिल्नेछ भने न्यूनतम १०० रुपैयाँबाट सुरुआत गर्न सकिने सुविधा रहेको छ ।
नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार खल्ती र मञ्जुश्री फाइनान्सको सहकार्यमा सुरु गरिएको ‘स्मार्ट डिपोजिट जस्तो डिजीटल बचत फिचरले नेपाल राष्ट्र बैंकको वित्तीय पहुँच विस्तारको लक्ष्यलाई सार्थक बनाउन थप सहयोग पु¥याउने विश्वास लिइएको छ ।











प्रतिक्रिया