काठमाडौँ
मेटलाइफ नेपालले आफ्नो वार्षिक बिमालेख पुनर्जागरण अभियान सुरु गरेको छ । जसअन्तर्गत ग्राहकहरूलाई आफ्ना व्यतित जीवन बिमा पोलिसीहरू पुनः सक्रिय गरी भविष्य सुरक्षित राख्ने अवसर प्रदान गरिएको कम्पनीले जनाएको छ ।
यस अभियानअन्तर्गत म्याद नाघेको पाँच वर्षभित्रको पोलिसीमा १०० प्रतिशत तथा पाँच वर्षभन्दा बढी समयदेखि व्यतित भएका पोलिसीहरूमा ६० प्रतिशत विलम्ब शुल्क मिनाहा हुनेछ। यसले ग्राहकहरूलाई पोलिसी पुनः सक्रिय गर्न सहयोग पु¥याउने कम्पनीको विश्वास छ ।
बिमालेख पुनर्जागरण गर्ने आवेदन फारम कम्पनीको वेबसाइटमा उपलब्ध छ भने प्रिमियम भुक्तानी इ–सेवा, कनेक्ट आइपिएस वा वन बाई मेटलाइफ एपमार्फत गर्न सकिन्छ ।











प्रतिक्रिया