इरान–इजरायल युद्ध १२ दिनपछि अन्त्य, युद्धविराम लागू


काठमाडौं ।

अप्रत्याशित रूपमा सुरु भएको इरान–इजरायल युद्ध १२ दिनपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एकपक्षीय युद्धविराम घोषणापछि टुंगिएको छ। ट्रम्पको घोषणालाई दुबै पक्षले केही घण्टापछि स्वीकार गर्दै मंगलबार रातिदेखि युद्धविराम कार्यान्वयनमा ल्याएका हुन्।

युद्धविरामपछि दुबै पक्षबाट आक्रमण रोकिएको छ भने अन्तर्राष्ट्रिय समुदायले यसलाई ‘सतर्कतापूर्वक आशावादी’ प्रतिक्रिया दिएको छ। युद्धमा करिब ७०० इरानी र २८ इजरायलीको मृत्यु भएको छ।

रुस, फ्रान्स, जर्मनी, कतार र साउदी अरेबियाले युद्धविरामको स्वागत गरेका छन्। इजरायली आक्रमणबाट इरानमा ठूलो भौतिक क्षति पुगेको बताइएको छ।