आगामी भदौ १२ गते राजधानीमा आउने फिल्म कोशेढुंगा नेपालसँगै ४० भन्दा धेरै देशमा एकसाथ रिलिज हुने भएको छ।
सर्वकालीन ब्लकबस्टर फिल्म पूर्ण बहादुरको सारंगीका फेम्ड निर्देशक सरोज पौडेलद्वारा निर्देशित फिल्म नेपालसँगै अमेरिका, अस्ट्रेलिया, जापान, युके, क्यानडालगायत ४० भन्दा धेरै देशमा प्रदर्शन हुने निर्माण पक्षले जानकारी गराएको छ। नेपाली फिल्मकै इतिहासमा पहिलोपटक एकसाथ ४० देशका हलमा रिलिज गर्न लागिएको अन्तर्राष्ट्रिय वितरक कम्पनी सेभेन सिज इन्टरनेसनलका निर्देशक रमेश ढकालले जानकारी गराए।
काठमाडौं, स्याङ्जाको आधिखोला, त्रिवेणी र सिरुवारी क्षेत्रमा सुटिङ गरिएको फिल्ममा कलाकारहरू आर्यन सिग्देल, सुरक्षा पन्त, ऋचा शर्मा, सरोज खनाल, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, हिउवाला गौतम, सरोज खनाल, विशाल पहाडी, दिनेश काफले, लोकमणि सापकोटालगायतले अभिनय गरेका छन्।
नरदेवी फिल्म्स्को ब्यानरमा प्रेविल कडेल र किशोर अनुरागद्वारा निर्मित फिल्ममा आशिष अविरल र रिदम कडेलको संगीत, बाबु श्रेष्ठको छायांकन र नहकुल खड्काको सम्पादन रहेको छ। सुवलमणि सापकोटा कास्टिङ डाइरेक्टर रहेको फिल्ममा दिनेश खड्का कार्यकारी निर्माता छन्।











प्रतिक्रिया