ट्रम्पद्वारा इजरायल–इरान युद्ध रोक्न बराबरी आग्रह, युद्धविरामको उल्लङ्घनप्रति आक्रोश


काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरान दुवै देशलाई युद्ध रोक्न बराबरी रूपमा आग्रह गरेका छन्।

आफ्नो सामाजिक सञ्जाल प्लेटफ सोसलमार्फत पुनः एक पोस्ट गर्दै ट्रम्पले दुवै पक्ष युद्ध रोक्न इच्छुक रहेको उल्लेख गरेका छन्। साथै, उनले इरानको परमाणु सुविधा र क्षमताको पूर्ण रूपमा अन्त्य गर्नु र त्यसपछि युद्ध रोक्न सफल हुनु आफ्नो ठूलो उपलब्धि भएको दाबी पनि गरेका छन्।

यसअघि ट्रम्पले आफूले घोषणा गरेको युद्धविराम उल्लङ्घन गरेको भन्दै इजरायल र इरान दुबैप्रति आक्रोश व्यक्त गरेका थिए। उनले अघिल्लो रात घोषणा गरेको युद्धविरामपछि पनि तनाव कायमै रहेकोप्रति असन्तुष्टि जनाएका छन्।

हेगमा आयोजना हुन लागेको नेटो शिखर सम्मेलनमा जानुअघि पत्रकारहरूसँग कुराकानी गर्दै ट्रम्पले इजरायलप्रति आफू खुसी नभएकोु स्पष्ट पारेका छन्।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ट्रम्पले इजरायललाई इरानमाथिको आक्रमण रोक्न आग्रह गरेका छन्। मंगलबारदेखि लागू भएको युद्धविराम सम्झौताको उल्लङ्घन इरानले गरेको इजरायली सेनाको दाबी छ। तर इरानले यसलाई अस्वीकार गर्दै राष्ट्रपति मसउद पेजेश्कियनले यदि इजरायलले सर्तको पालना गरेमा ट्रम्पद्वारा घोषणा गरिएको युद्धविरामलाई सम्मान गर्ने स्पष्ट पारेका छन्।