नेपाल–इटाली वाणिज्य तथा उद्योग संघद्वारा इटालीका मानार्थ वाणिज्यदूत पाओलो नुगारीको स्वागत


काठमाडौं
नेपाल–इटाली वाणिज्य तथा उद्योग संघले एक विशेष कार्यक्रमको आयोजना गरी इटालीमा नियुक्त नेपालका मानार्थ वाणिज्यदूत श्री पाओलो नुगारीलाई स्वागत गरेको छ ।
काठमाडौंमा सम्पन्न उक्त स्वागत समारोहको उद्देश्य नेपाल–इटालीबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउँदै व्यापार र आर्थिक सहकार्यका सम्भावनाको पहिचान गर्नु रहेको थियो ।

कार्यक्रममा संघका अध्यक्ष श्री संजय अग्रवालले नेपाल–इटाली सम्बन्ध विस्तारमा श्री नुगारीले पु¥याएको योगदानप्रति आभार प्रकट गर्दै आपसी व्यापारिक हितको प्रवद्र्धनमा संघको दृढ प्रतिबद्धता दोहोर्याए ।

उक्त कार्यक्रममा नेपालका लागि इटालीकी मानार्थ वाणिज्यदूत सुश्री प्रतिमा पाण्डे, संघका बोर्ड अफ डाइरेक्टरका सदस्यहरू, तथा निजी क्षेत्रका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो ।

श्री नुगारीले दीर्घकालीन प्रगतिका लागि दिगो सहकार्य, सांस्कृतिक आदानप्रदान, र निजी क्षेत्रको सक्रिय सहभागिता अत्यन्त महत्वपूर्ण हुनेमा जोड दिनुभयो ।

नेपाल–इटाली वाणिज्य तथा उद्योग संघले दुई देशबीचको व्यापार, संवाद तथा रणनीतिक साझेदारीलाई अझ सशक्त बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।