फर्की फर्कीविरुद्ध मुद्दा दायर


फिल्म फर्की फर्कीको टिम र त्यसका अभिनेता अनमोल केसीविरुद्ध मुद्दा गरिएको छ।
साहित्यकार नरेन्द्र बहादुर श्रेष्ठले सोमबार काठमाडौं जिल्ला अदालतमा फिल्मका अभिनेता अनमोल केसी, निर्माता रोहित अधिकारी, निर्देशक सुयोग गुरुङ, चलचित्र जा“च समितिलगायतलाई विपक्षी बनाई व्यक्तिगत मोबाइल नम्बर दुरुपयोग गरेको आरोपमा उचित कारबाही र क्षतिपूर्तिको माग गर्दै मुद्दा दायर गरेका हुन्।

उनले सो मुद्दा वारेसमार्फत दर्ता गरेका हुन्।अदालतमा दर्ता गरिएको निवेदनमा श्रेष्ठले फिल्ममा आफ्नो व्यक्तिगत मोबाइल नम्बर प्रयोग गरिएका कारण मानसिक र शारीरिक पीडा भएको जनाएका छन्। उनले आफ्नो नम्बर हटाउन ओटीटी प्लेटफर्म एमएसएमलाई आग्रह गर्दा पनि सुनुवाइ नभएपछि अन्ततः कानुनी बाटो रोजेको समेत जनाएका छन्। श्रेष्ठले यसअघि पनि सम्बन्धित निकायहरूलाई पटकपटक जानकारी गराएको तर कुनै प्रभावकारी कदम नचालिएको जनाएका छन्।
रोहित अधिकारीको निर्माणमा सुयोग गुरूङको निर्देशन गरेको फिल्म गत वर्ष रिलिज गरिएको थियो।