काठमाडौं ।
इरानले कतारमा रहेको अमेरिकी सैन्य अखडा अल उदेइद एयर बेसमा क्षेप्यास्त्र आक्रमण गरेको छ। इरानको सरकारी टेलिभिजनका अनुसार, आक्रमणको पुष्टि इरानको रिभोलुसनरी गार्ड्सले गरेको हो।
कतारको राजधानी दोहा नजिकैको यो सैन्य अड्डामा मिसाइल प्रहारसँगै विस्फोटको आवाज सुन्निएको र आकाशमा ज्वालामुखी दृश्य देखिएको अल जजिराले जनाएको छ। अल उदेइद बेसमा १० हजारभन्दा बढी अमेरिकी सैनिक तैनाथ छन्।
इरानी अधिकारीहरूका अनुसार, आक्रमण अघि कतार सरकारलाई जानकारी दिइएको थियो। इरानमाथि अमेरिकाबाट आणविक केन्द्रमा सम्भावित आक्रमणपछि बदला स्वरूप कारबाही हुने अनुमान गरिएको थियो।
अमेरिका र बेलायतले आफ्ना नागरिकहरूलाई कतारमा सतर्क रहन र सोमबार घरबाहिर ननिस्कन चेतावनी दिएका छन्। उता, कतार सरकारले पनि तत्कालका लागि आफ्नो आकाशमार्गमा हुने सबै उडानहरू रद्द गरेको छ।











प्रतिक्रिया