नेपालका लागि दक्षिण अफ्रिकी राजदूत अनिल सुकलालद्वारा ओहोदाको प्रमाणपत्र पेश


काठमाडौँ 

काठमाडौँ
नेपालका लागि नव नियुक्त दक्षिण अफ्रिकी गणतन्त्रका राजदूत, महामहिम प्राध्यापक अनिल सुकलालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र औपचारिक रूपमा प्रस्तुत गरेका गर्नुभएको छ ।
मंगलबार शीतल निवासस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहका क्रममा राजदूत सुकलालले नेपाल सरकारका राष्ट्रप्रमुखसमक्ष नियुक्तिपत्र बुझाउनु भएको हो । सो अवसरमा राजदूत सुकलालले दक्षिण अफ्रिकी राष्ट्रपतिको तर्फबाट नेपाल सरकार र जनताप्रति शुभेच्छा र मित्रताको सन्देशसमेत व्यक्त गर्नुभयो ।
समारोहमा नेपालका लागि दक्षिण अफ्रिकाका मानार्थ वाणिज्यदूत प्रदीपकुमार श्रेष्ठ र दक्षिण अफ्रिकी कूटनीतिक नियोगका प्रथम सचिव पिटरको उपस्थिति पनि रहेको थियो ।
यस औपचारिक प्रस्तुतिपछि नेपाल–दक्षिण अफ्रिका द्विपक्षीय सम्बन्ध थप सुदृढ हुने विश्वास गरिएको छ । विशेषगरी व्यापार, पर्यटन, शिक्षा लगायतका क्षेत्रमा पारस्परिक सहकार्य विस्तार हुने अपेक्षा गरिएको छ ।