काठमाडौँ।
अनेरास्ववियु अमृत क्याम्पस कमिटीको संयोजकमा गोपाल बहादुर शाहीलाई सिफारिस गरिएको छ। अनेरास्ववियु क्याम्पस कमिटीका अध्यक्ष पंकज पाण्डेयले एक विज्ञप्ति जारी गर्दै आज (आइतबार) बाट लागू हुने गरी शाहीलाई संयोजकको जिम्मेवारी तोकिएको जानकारी दिएका हुन्।
शाही करिब दुई वर्षअघि, २०८० साल साउन २६ गते सम्पन्न क्याम्पस सम्मेलनबाट सचिव पदमा निर्विरोध निर्वाचित भएका थिए। अन्य पदहरूमा प्रतिस्पर्धा भए पनि सचिव पदका लागि उनले मात्र उम्मेदवारी दिएका थिए।
सक्रिय विद्यार्थी नेताका रूपमा परिचित शाही यसअघि क्याम्पस कमिटी सदस्य, त्यसपछि सचिव हुँदै संयोजकको जिम्मेवारीमा पुगेका हुन्। उनी विद्यार्थीबीच लोकप्रिय र जनस्तरमा प्रभावशाली नेताका रूपमा चिनिन्छन्।
शाही हालै सम्पन्न स्ववियु निर्वाचनमा आफ्ना प्रतिस्पर्धीलाई झन्डै दोब्बर मतले पराजित गर्दै सचिव पदमा निर्वाचित भएका थिए। उनले क्याम्पसमा व्याप्त विकृति, विसङ्गति र प्रशासनिक बेथिति विरुद्ध सशक्त आवाज उठाउँदै आएका छन्।
उनको पहलमा क्याम्पसको ल्याब, पुस्तकालय, कक्षाकोठा र होस्टेल मर्मतसम्बन्धी कार्यहरू प्रक्रियागत रूपमा अगाडि बढिरहेको कमिटीले जनाएको छ।












प्रतिक्रिया