इरानमाथि अमेरिकी आक्रमणपछि तेलको मूल्य बढ्ने अनुमान


काठमाडौं।

इरान र इजरायलबीचको बढ्दो तनाव तथा अमेरिकी आक्रमणपछि विश्व बजारमा कच्चा तेलको मूल्यमा फेरि वृद्धि हुने संकेत देखिएको छ।

विशेषगरी सोमबार बिहान एसियाली ऊर्जा बजार खुल्दा मूल्यमा उछाल आउने अनुमान गरिएको छ। ऊर्जा विश्लेषक क्यारोल नाखलेका अनुसार, अमेरिकी हस्तक्षेपले द्वन्द्वलाई नयाँ स्तरमा पुर्‍याएको र यसले स्थिति थप जटिल बनाउन सक्ने खतरा बढेको छ।

“डरको प्रभाव तेलको मूल्यमा ‘भूराजनीतिक प्रिमियम’ को रूपमा देखिन्छ। डर जतिसुकै गहिरो हुन्छ, मूल्यमा त्यसको प्रभाव पनि उति नै ठूलो हुन्छ,” उनले कुराकानीमा भनिन्।

गत महिना लगभग २० प्रतिशतले वृद्धि भएको ब्रेन्ट क्रुडको मूल्य शुक्रबार प्रति ब्यारेल ७७.०१ अमेरिकी डलरमा बन्द भएको थियो। यद्यपि, यो मूल्य अझै पनि गत वर्षको यही समयको तुलनामा कम छ।

तेलको मूल्यवृद्धिले सवारी इन्धनदेखि लिएर खाद्यान्न वस्तुहरूमा समेत असर पार्ने भएकाले यसले उपभोक्ताको दैनिकीमा प्रत्यक्ष प्रभाव पार्न सक्ने चिन्ता बढेको छ। बीबीसीबाट