स्वदेशी डटकम नेपाली सीप, संस्कृति र पहिचानको अनलाइन


काठमाडौं
“हाम्रा कला, हाम्रा सीप, र हाम्रो पहिचान, अब संसारले चिन्न पाउनेछ ।” त्यही अभिप्राय लिएर सुरु गरिएको स्वदेशी डटकम https://swodeshi.com/ एउटा अनलाइन व्यापारिक प्लेटफर्म, जसले नेपाली उत्पादन, हस्तकला र संस्कृतिको प्रवद्र्धन गर्दै देशको मौलिकतासहितको सामाग्रीलाई विश्व बजारमा पुर्याउने लक्ष्य लिएको छ ।


आजको बजारमा सस्तो र औद्योगिक उत्पादनले ठाउँ ओगटिरहेका बेला, स्वदेशी डटकमले नेपालीपन बोकेको मूल्यवान, हस्तनिर्मित, र भावना मिसिएको सामग्री विश्वभर पु¥याउँदै आएको छ ।


अनलाइन बजार आफ्नोपनको अनुभव

स्वदेशी डटकम एक साधारण अनलाइन किनमेल केन्द्र नभइ एकल–विक्रेता प्लेटफर्म रहेको कम्पनीले जनाएको छ । जहाँ प्रत्येक वस्तु स्वदेशी टोलीले आफैँ छानेर, परीक्षण गरेर मात्र बिक्रीका लागि राखिन्छ । संस्थापक प्रविन श्रेष्ठ भन्नुहुन्छ,“हामी केवल वस्तु पठाउँदैनौँ, त्यसको कथा र माया पनि साथमा पठाउँछौँ।” उहाँका अनुसार, हरेक उत्पादन तीनदेखि चार चरणको गुणस्तर परीक्षण पछि मात्र ग्राहकसम्म पु¥याइन्छ । स्वदेशी डटकममा पाइने अधिकांश उत्पादनहरू घरेलु सीपमा आधारित, हस्तनिर्मित र संवेदनशील मौलिकतासँग जोडिएका छन् — जस्तै ढाका टाई सेट, प्रार्थना चक्र, नेपाली बाजा, र पूजासामग्री रहेका छन् ।


विश्वभर नेपाली उत्पादनको पहुँच
हाल स्वदेशी डटकम मार्फत अमेरिका, अष्ट्रेलिया, जापान, बेलायत लगायतका मुलुकमा नेपाली सामग्रीको ढुवानी भइरहेको छ । नेपाली प्रवासी, नेपाली संस्कृति मन पराउने विदेशीहरू र नेपाली हस्तकला प्रेमीहरूको संख्या दिनानुदिन बढ्दो छ । प्लेटफर्मले पर्यावरणमैत्री लोक्टा प्याकेजिङ, सन्देशसहितको उपहार प्याकिङ, र विशेष अर्डरमा अतिरिक्त सेवा समेत प्रदान गर्दै आएको छ ।


विशेष माग, व्यक्तिगत सेवा
अन्य अनलाइन साइटभन्दा फरक, स्वदेशी डटकममा आफ्नो आवश्यकता अनुसार विशेष अर्डर दिन सकिन्छ । जस्तैः विशेष ब्रान्डिङसहितको उपहार प्याकिङ विवाह, पूजापाठ वा विदेशस्थित कार्यक्रममा प्रयोग हुने नेपाली सामाग्री ढाका टाई, पारम्परिक पोशाक र हस्तकलाका सामग्री पाइने कम्पनीले जनाएको छ ।


के पाइन्छ स्वदेशी डटकममा ?

नेपाली परम्परागत पोशाक — दौरा सुरुवाल, जातीय पहिरन, गहना, ढाका टाई सेट, ढाका टाई, पाकेट स्क्वायर, झन्डा टाई पिन, नेपाली बाजा, सरंगी, मादल, मुरचुङ्गा, बाँसुरी, धार्मिक सामग्री, प्रार्थना चक्र, थाङ्का, मूर्ति, मण्डला, विशेष उपहार प्याक, लोक्टा बक्समा सजाइएको, सन्देशसहितको उपहार सेट, हस्तकला उत्पादक र महिला समूहसँग साझेदारी स्वदेशी डटकमले नेपालका स्थानीय हस्तकलाकार, साना उद्यमी, र महिला समूहहरू सँग साझेदारी गर्दै आयआर्जनको अवसर सिर्जना गरिरहेको छ ।