काठमाडौं ।
मलेसियाको जोहोर राज्यमा इन्जिन तेल र लरी भण्डारण गर्ने एक औद्योगिक क्षेत्रमा ठूलो आगलागी भएको छ। आगलागीपछि नजिकै बसोबास गर्ने स्थानीय बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले जनाएका छन्।
जोहोर अग्नि तथा उद्धार विभाग सञ्चालन केन्द्रका अनुसार स्थानीय समय अनुसार दिउँसो १२ः४५ बजे आगलागीको जानकारी पाइएको थियो। तत्कालै उद्दार टोली खटिइएको थियो।
राज्यको राजधानी जोहोर बाहरू नजिकै रहेको पासिर गुडाङ शहरस्थित लरी डिपोमा ठूलो आगो लागेको पाइएको थियो। डिपोमा इन्जिन तेल र लरीहरू भण्डारण गरिएको हुँदा आगो नियन्त्रणमा लिन निकै समय लागेको बताइएको छ।
आगलागीको कारण के हो भन्नेबारे विस्तृत विवरण आउन बाँकी रहे पनि हालसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको जनाइएको छ। उद्धार टोलीले आगो निभाउने कार्य जारी राखेको छ।
स्थानीय अधिकारीहरूले आम जनतालाई उक्त क्षेत्रबाट टाढै रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन्।











प्रतिक्रिया