काठमाडौं ।
नेपाली बजारमा सुनको मूल्य बढेको छ।
आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
शुक्रबार तोलामा १ लाख ९४ हजार ७ सय रुपैयाँ कायम भएको छापावाल सुन आइतबार ५ सय रुपैयाँले बढेर तोलामा १ लाख ९५ हजार २ सय रुपैयाँ कायम भएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा २ हजार १५० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार तोलामा २ हजार १६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।











प्रतिक्रिया