काठमाडौं ।
भारतमा प्रवेश गरेको मनसुनी वर्षाले जम्मु कश्मिर र ओडिसा सहित ३० राज्य प्रभावित भएको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार मनसुनी वर्षाले ५० हजार मानिस प्रभावित भएका थिए । नयाँ दिल्ली पंजाव, हरियाणा, र चण्डीगढ बाहेक भारतका अन्य राज्यका हजारौं घरहरु डुबानका परेका थिए । झारखंडमा साता दिन देखि नथामेको वर्षाले बिहारको नालंदा जिल्लामा बाढी आउँदा ओडिसामा नदीको जलस्तर बढेर बस्तीमा प्रवेश गरेको थियो ।
भारतीय मौसम विज्ञान विभागका अनुसार दक्षिण पश्चिम हुँदै मनुसुन देहरादुन र शिमलातिर अघि सरेको छ भने भारतभर २६ जुन सम्म भारी वर्षा जारी रहने छ । प्रतिघण्टा ६० देखि १२० किलोमिटरको दरले भइरहेको वर्षाले विभिन्न राज्यका बस्तीहरु डुबानमा पर्ने सक्ने भन्देै सर्वसाधारणलाई सचेत गराएको छ ।
यसैबीच राजस्थानको रेलवे सेवा प्रभावित हुँदा सर्वसाधारण मारमा परेका छन् । वर्षा प्रभावितहरुको उद्धारका लागि सयौं उद्धारकर्मीहरु परिचालन गरिएको समाचारमा उल्लेख गरिएको छ ।











प्रतिक्रिया