तनुश्रीमाथि विवेकको आरोप


बलिउडमा मिटुको शुरूवात गर्ने अभिनेत्री तनुश्री दत्तको बारेमा विवेक अग्निहोत्रीले पहिलोपटक सार्वजनिक रूपमा बोलेका छन्।

केही समयअघि अभिनेत्री तनुश्रीले एक अन्तर्वार्तामा विवेकमाथि सुटिङका क्रममा अपमानजनक व्यवहार गरेको आरोप लगाएकी थिइन्। यस विषयमा मौनता तोड्दै, विवेकले पोडकास्टर शुभंकर मिश्रासगको कुराकानीमा तनुश्रीको मानसिक असन्तुलन तथा असफलताका कारण यस्तो आरोप लाउने गरेको इंगित गरेका छन्।

‘फिल्म उद्योग यस्तो स्थान हो, जहाँ कलाकारहरूमा सफल हुने ठूलो दबाब हुन्छ। जब मानिसहरू सफल हुन सक्दैनन्, निराशामा अल्झिन्छन् र आफ्नो मानसिक स्थिति सम्हाल्न सक्दैनन्। यस्तो अवस्थामा, धेरैपटक उनीहरू असन्तुलित र अनियन्त्रित बन्छन्’ उनले भनेका छन्। विवेकले तनुले लगाएको आरोपलाई माफि दिएको जनाउँदै थप भनेका छन् ‘मलाई लाग्दैन यस्ता कुराहरूमा धेरै ध्यान दिनु आवश्यक छ। म यस्ता विषयमा अल्झिन मन पराउँदिन। मानिसहरूले के भन्छन् भन्ने कुरामा प्रतिक्रिया दिनु मेरो स्वभाव होइन। मैले जहिले पनि माफ गर्न सिकेको छु र यही कारणले म यस्ता कुरालाई बेवास्ता गर्छु।’

अग्निहोत्रीको उक्त अभिव्यक्तिपछि हालसम्म अभिनेत्री तनुश्रीकोे तर्फबाट कुनै प्रतिक्रिया आएको छैन। तनुश्रीले सन् २००५ मा विवेक अग्निहोत्रीस“ग फिल्म चकलेटमा काम गरेकी थिइन्। केही समयअघि उनले पत्रकार फरीदून शहरयारलाई दिइएको अन्तर्वार्तामा आफू पाँच मिनेट शुटिङ सेटमा ढिला पुग्दा मात्र अपमानजनक गाली गरेको बताएकी थिइन्। ‘म सेटमा त्यतिबेला पुग्थे“, जब लाइट्स पनि जडान भएका हुन्थेन, सेट नै तयार हुन्थेन। त्यो दिन म पाँच मिनेटमात्र ढिलो पुगेकी थिए। उनी म आएको छु कि छैन भनेर हेर्न मात्र आएका थिए’ तनुश्रीले भनेकी थिइन्।

तनुश्री तिनै अभिनेत्री हुन्, जसले सन् २०१८ मा बलिउडमा मिटु आन्दोलनको शुरूवात गरेकी थिइन्। उनले अभिनेता नाना पाकेटरले आफूमाथि फिल्म शुटिङको क्रममा अश्लील व्यवहार गरेको बताएपछि बलिउडमा यस विषयलाई लिएर हंगामा भएको थियो। उनले सो विषयमा बोलेपछि अन्य अभिनेत्रीले पनि आफूमाथि भएको यौन शोषणको अनुभव व्यक्त गर्न थालेका थिए।

विवेक अग्निहोत्रीले द कश्मीर फाइल्स र द भ्याक्सिन वारजस्ता फिल्महरूबाट ठूलो चर्चा कमाएका छन् भने नया“ फिल्म द बंगाल फाइल्स आगामी सेप्टेम्बर ५ मा हलहरूमा रिलिज हुने तयारीमा छ।