दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँदा ८ जनाको मृत्यु


काठमाडौं ।

दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा शनिबार बेलुन दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको स्थानीय अधिकारीलाई उधृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जानकारी दिएका छन् ।

बेलुङमा २१ जना सवार रहेकोमा अन्य १३ जना भने बाँचेका छन् । उनीहरुलाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ ।

सामाजिक सञ्जालमा साझा गरिएको भिडियोमा आकाशमा रहेको बेला बेलुनमा आगो लागेर भुइँमा खसेको थियो ।