काठमाडौं ।
क्षेत्रीय तनाव बढ्दै जाँदा इजरायली सेनाले आफ्नो क्षेत्र बन्द राखेपछि पश्चिम किनारका प्यालेस्टिनीहरूको दैनिक जीवन ठप्प भएको छ ।
शुक्रबारबाट इजरायली सेनाले आपतकालीन अवस्था घोषणा गरेका छन् । साथै पश्चिम किनारका क्षेत्रहरु पूर्ण स्तरमा बन्दको घोषणा गरेका हुन् । शहर र गाउँहरू बीचको आवागमनमा रोक लगाउने यो उपायलाई इजरायली मिडियाले इजरायल र इरान बीचको बढ्दो तनावसहित हालैका क्षेत्रीय विकासहरू पछि सावधानीपूर्वक कदमको रूपमा वर्णन गरेका छन् ।
इजरायली प्रशारण निगमका अनुसार प्रतिवन्धहरू अर्को सूचना नभएसम्म जारी रहनेछ । अखबार येडियोथ अह्रोनोथले पश्चिम किनारका प्रमुख स्थानहरूमा थप सैन्य एकाइहरू तैनाथ गरिएको छ । इजरायली सेनाले पश्चिम किनारको उत्तरी, मध्य र दक्षिणी क्षेत्रहरूलाई जोड्ने प्रमुख सडकहरू बन्द गरेको छ ।
रणनीतिक स्थानहरूमा फलामका ढोकाहरू र मोबाइल चेकपोइन्टहरू राखिएका छन् । जसले आवागमनमा उल्लेखनीय रूपमा प्रतिवन्ध लगाएको छ ।











प्रतिक्रिया