एजेन्सी।
इरानले इजरायलमामा गरेको पछिल्लो आक्रमणमा पाँच जनाको मृत्यु भएको इजरायलको आपत्कालीन सेवाले सोमबार बताएको छ ।मध्य इजरायलका चार वटा स्थलमा भएका आक्रमणमा दुई महिला र दुई पुरुषको मृत्यु भएको छ । साथै एक थप समावेश छन् । आक्रमणमा ९२ जना घाइते भएका छन्। घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ।
जसमा एक महिलाको अवस्था गम्भीर अवस्थामा रहेको र बाँकी सामान्य घाइते रहेको जनाइएको छ । आक्रमण भएको चारमध्ये दुई स्थानमा खोजी र उद्धार कार्य जारी रहेको बताएको छ ।
दुवै देशले शुक्रबारदेखि नै एकअर्कामाथि आक्रमण गर्न थालेका छन्।
इजरायली आपतकालीन सेवाले शुक्रबारदेखि इजरायलमा मृत्यु हुनेको संख्या कम्तिमा १९ पुगेको बताएको छ।











प्रतिक्रिया