बलिउडका प्रदीप पलको पिताको भूमिका गर्दै


चन्द्र पन्तको निर्देशनमा बन्ने फिल्म आबाट आमामा तेलुगु, तमिल र बलिउड फिल्मका अभिनेता प्रदीप रावतले नायक पल शाहको बाबुको भूमिकामा अभिनय गर्ने भएका छन्।

निर्देशक पन्तले प्रदीपलाई फिल्मका लागि अनुबन्धित गरेको बताए। ’उहा“ यो फिल्ममा पल शाहको बुबाको भूमिकामा हुनुहुनेछ। उहा“ले नितान्त नेपाली स्टाइलको भूमिका निर्वाह गर्दै हुनुुहन्छ‘ निर्देशक पन्तले जानकारी गराए। अभिनेता रावतले नेपाली फिल्ममा काम गर्न आफू निकै उत्साहित रहेको बताए। उनले यसअघि अभिनेत्री नीता ढुंगानाद्वारा निर्मित तथा निर्देशक पन्तद्वारा नै निर्देशित फिल्म ह्रस्व दीर्घमा अभिनय गरेका थिए।

फिल्ममा पल शाह र विपना थापा अनुबन्धित भइसकेका छन्। अभिमन्यु निरवीले स्क्रिप्ट तयार पारेको फिल्म भदौबाट सुटिङ प्mलोरमा जानेछ। फिल्म आगामी फागुन १५ गते रिलिजमा आउनेछ।