बलिउड अभिनेत्री दिशा पटानीले बलिउडमा आफ्नो जादु छर्दै फ्यानहरूलाई लठ्ठ पार्दै आएकी छन्।
उनले अब हलिउडमा समेत डेब्यु गर्ने भएकी छन्। भारतीय सञ्चार माध्यमका अनुसार उनी छिट्टै नै सुपर नेचुरल थ्रिलर फिल्म होलिगार्डमा देखिने भएकी हुन्। ओस्कार एकेडेमी अवार्ड विजेता केविन स्पेसीले निर्देशन गर्ने शो फिल्मको सुटिङ हाल मेक्सिकोमा भइरहेको छ।
हालै दिशाको मेक्सिकोमा खिचिएको एक तस्विर सामाजिक सञ्जालमा भाइरल भएको थियो। फिल्ममा उनको दमदार एक्सन रूप देख्न सकिने भारतीय सञ्चार माध्यमले जनाएका छन्।
फिल्ममा पटानीका साथमा डाल्फ लुडग्रेन, टाएरेस गिब्सन, ब्रियाना हिलडेब्रान्डलगायतको भूमिका रहने जनाइएको छ।
दिशा पटानीले आफ्नो करियरको शुरूआत मोडलिङबाट गरेकी थिइन्। सन् २०१५ मा तेलुगु फिल्म लोफरबाट अभिनयको संसारमा पाइला राखेकी उनले बलिउडमा फिल्म एमएस धोनी ः द अनटोल्ड स्टोरीबाट चर्चा कमाएकी थिइन्। जसमा उनले महेन्द्र सिंह धोनीको प्रेमिकाको भूमिका निर्वाह गरेकी थिइन्। त्यसपछि बागी २, मलंल, राधे, एक भिलेन रिटन्र्सलगायतका फिल्महरूमा अभिनय गरेकी छिन्। उनी आफ्नो नृत्य कौशल, फिजिकल फिटनेस र स्टाइलका लागि पनि चर्चित छिन्।











प्रतिक्रिया