काठमाडौं ।
तीनकुनेमा आवन्छित गतिविधिमामा संलग्न दुर्गा प्रसाईंसहित ७ जनालाई डिल्लीबजार कारागार चलान गरिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले ज्यान मुद्दामा अभियोजन गरिएका ७ जनालाई गएराति थुनामा पठाउन आदेश गरेका थिए ।
पुर्पक्षको लागि थुनामा पठाउन आदेश भएका प्रसाईंसहित ७ जनालाई डिल्लीबजार कारागार चलान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले जानकारी दिए । अदालतको आदेशअनुसार, प्रसाईं, सरोज गौतम, गोकर्ण शाही, डण्डपाणी रेग्मी, सुशील बराल, केशव बस्नेत र जित बहादुर श्रेष्ठलाई कारागार चलान गरिएको छ ।
पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएकाहरुमा घर आगजनी र समाचार सङ्कलन गर्न गएका पत्रकार सुरेश रजकको हत्यामा संलग्नमा आरोपी थिए । पूर्वराजाको समर्थनमा २०८१ चैत १५ गते प्रदर्शन गरेका थिए ।











प्रतिक्रिया