काठमाडौँ ।
सिद्धार्थ बैंक लिमिटेड र लोमस डिजिटल प्रा. लि. बीच बैंकका सम्मानित ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
सम्झौता अनुसार, सिद्धार्थ बैंकका ग्राहकहरूले काठमाडौँको उत्तरढोका स्थित लोमस डिजिटलमा बैंकको कार्ड वा मोबाइल बैंकिङ सेवा प्रयोग गरी भुक्तानी गर्दा विभिन्न सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
यस सहकार्यले ग्राहकलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारलाई डिजिटल माध्यमतर्फ रूपान्तरण गर्न थप प्रोत्साहन गर्ने विश्वास बैंकले व्यक्त गरेको छ ।
साथै, यस समन्वय सम्बन्धी थप जानकारीका लागि बैंकको २४ सै घण्टा सेवा प्रदान गर्ने ‘सिद्धार्थ केयर’ ग्राहक सेवा केन्द्रमा ०१–५९७००२०
सम्पर्क गर्न सकिनेछ ।
डिजिटल भुक्तानी प्रवर्धन गर्ने उद्देश्यले सिद्धार्थ बैंकले हालै ‘सिद्धार्थ पुरस्कार’ नामक ग्राहक लाभ सेवा (निष्ठा कार्यक्रम) पनि प्रारम्भ गरेको छ, जसअन्तर्गत ग्राहकहरूले डिजिटल कारोबारबाट विभिन्न लाभ र सुविधा प्राप्त गर्न सक्नेछन् ।
सिद्धार्थ बैंकले आधुनिक प्रविधि मार्फत सुरक्षित, सरल र सहज सेवा प्रदान गर्दै डिजिटल बैंकिङको अभ्यासलाई जीवनशैलीको हिस्सा बनाउने दिशामा निरन्तर अग्रसरता लिँदै आएको छ ।











प्रतिक्रिया