एयर इन्डिया दुर्घटना : दुर्घटनास्थलबाट १०० जनाको शव निकालियो 


काठमाडौँ। गुजरातको अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ। दुर्घटनास्थलबाट अहिलेसम्म १०० जनाको शव निकालिएको भारतीय संचारमध्यमहरुले जनाएका छन्। 

एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान  दिउँसो १.४० बजे अहमदाबादमा दुर्घटनाग्रस्त भएको थियो । उक्त विमानमा  गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपानीसहित २४२ यात्रु सवार थिए।

यात्रुहरूमध्ये ५३ जना बेलायती, ७ जना पोर्चुगिज र एक जना क्यानेडियन नागरिक रहेको दैनिक भास्करले जनाएको छ। 

घटनास्थलमा उद्धार तथा सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति रहेको छ। उनीहरूले आगो निभाउँदै भग्नावशेषभित्र फसेका घाइते तथा अन्य यात्रुहरूको खोजीलाई तीव्र पारेका छन्।

विमान अहमदाबाद सिभिल अस्पतालका डाक्टरहरू बस्ने भवनसँग ठोक्किएको बताइएको छ ।  जसमा १५ जना डाक्टर पनि घाइते भएका छन्।