आईएमई हस्पिटालिटीका होटलहरूमा एससीटी–यूपीआई कार्ड प्रयोग गर्दा १५ प्रतिशत छुट


काठमाडौँ
एससीटी–यूपीआई कार्डधारका लागि आईएमई हस्पिटालीटी अन्तर्गतका होटलहरूमा सेवा उपयोग गर्दा १५ प्रतिशतसम्म छुट पाइने भएको छ ।

स्मार्ट च्वाइस टेक्नोलोजिज र आईएमई हस्पिटालिटीबीच भएको समझदारीअनुसार यो छुट सुविधा आगामी २०८२ साल जेठ १९ गते (अर्थात् २०२५ जुन १) देखि लागू भई २०७२ साल पौष १६ गते (अर्थात् २०२५ डिसेम्बर ३१) सम्म उपलब्ध हुनेछ ।

यो छुट काठमाडौँको लाजिम्पाटस्थित होटलले हिमालय, साके एण्ड फेंग र पोखराको लेकसाइड रिट्रिट होटलमा लागू हुनेछ। कार्ड प्रयोगकर्ताले खाना तथा पेय पदार्थ सेवा (फुड एन्ड बेभेरेज) मा मात्र नभई कोठा भाडादरमा समेत १५ प्रतिशत छुट पाउने छन् ।

तर, कोठाको भाडामा छुट एससीटी–यूपीआई कार्डमार्फत गरिएको कारोबारमा मात्र दिइनेछ। अन्य माध्यमबाट गरिएको भुक्तानीमा यो छुट लागू हुने छैन ।

हाल स्मार्ट च्वाइस टेक्नोलोजिजले २१ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थामार्फत एससीटी–यूपीआई कार्ड वितरण गर्दै आएको छ । डिजिटल कारोबारलाई प्रवद्र्धन गर्ने र कार्डको प्रयोगलाई व्यापक बनाउने उद्देश्यले गरिएको यो साझेदारी नगदरहित अर्थतन्त्रतर्फको महत्वपूर्ण कदमको रूपमा हेरिएको छ ।