लक्ष्मी सनराइज बैंकद्वारा हरित गृह ग्यास उत्सर्जन विवरण सार्वजनिक


काठमाडौं
लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०८०÷८१ (सन् २०२३÷२४) को हरित गृह ग्यास उत्सर्जन विवरण सार्वजनिक गरेको छ । वातावरण संरक्षण र जलवायु पारदर्शितातर्फको गहिरो प्रतिबद्धतास्वरूप यस विवरणले उत्तरदायी बैंकिङ प्रणालीतर्फको बैंकको सक्रियता देखाएको छ ।
बैंकले अपनाएको यो अभ्यास दिगो बैंकिङ रणनीति अन्तर्गत गरिएको हो, जसमा वित्तीय कार्बन लेखाजोखा साझेदारी पद्धतिअनुसार बैंकका विभिन्न ऋण क्षेत्रमा आधारित उत्सर्जनको मात्राको विश्लेषण गरिएको छ ।
प्रमुख ऋण क्षेत्रबाट उत्सर्जन विवरण
मूल्याङ्कन गरिएका ऋण क्षेत्रहरूबाट उक्त आर्थिक वर्षमा जम्मा २०२,०१३ दशमलव ४२ टन कार्बन डाइअक्साइड बराबर (तऋइ₂भ) को हरित गृह ग्यास उत्सर्जन भएको देखाइएको छ । क्षेत्रगत रूपमा हेर्दाः

व्यावसायिक ऋण १,९०,२९३.४२ टन

परियोजना लगानी (जलविद्युतबाहेक) ७०५.५६ टन

सवारी साधन कर्जा १,५२८.९८ टन

घरजग्गा कर्जा ९,४८५.४६ टन

यस्तै, बैंकले जलविद्युत क्षेत्रमा गरेको लगानीले अनुमानित २०,३४७.११ टन उत्सर्जन रोकथाममा योगदान पु¥याएको छ, जसले स्वच्छ र नवीकरणीय ऊर्जा समाधानहरू प्रतिको बैंकको दृढ अठोटलाई पुष्टि गर्छ ।

दिगो भविष्यतर्फ लक्षित पहलहरू
सन् २०४५ भित्र नेपालको शुद्ध शून्य उत्सर्जन लक्ष्य प्राप्त गर्न बैंकले हरित वित्त, ऊर्जा–दक्ष कर्जा योजना, तथा पर्यावरणीय जोखिम व्यवस्थापन प्रणालीहरू विस्तार गर्दै आएको छ । साथै, कार्यालय सञ्चालन र ग्राहक सेवामा घटाउने, पुनः प्रयोग गर्ने र पुनः प्रशोधन गर्ने (थ्रीआर) अभ्यासलाई प्रोत्साहन दिइएको छ।

१० हजार वृक्षारोपण अभियान” मा उल्लेखनीय प्रगति

यिनै प्रयत्नहरू अन्तर्गत, बैंकले चालु आर्थिक वर्षमा १० हजार रूख रोप्ने अभियान १० हजारको अभियान’ सञ्चालन गरेको छ । हालसम्म ७,५०० भन्दा बढी रूखहरू रोपिइसकेको जानकारी दिइएको छ । यसले जलवायुप्रति बैंकको प्रतिबद्धतालाई व्यवहारिक रूपमा कार्यान्वयनमा ल्याउने उद्देश्यलाई थप बलियो बनाएको छ ।

आगामी योजना र पारदर्शिता
भविष्यमा बैंकले आफ्नो हरित गृह ग्यास उत्सर्जन मापन अझ पारदर्शी र जिम्मेवार बनाउने लक्ष्य लिएको छ, जसअन्तर्गत थप कर्जा क्षेत्रहरूलाई समेट्ने योजना रहेको छ। यी सबै कार्यहरू लक्ष्मी सनराइज बैंकको दीर्घकालीन दिगोपन रणनीतिका मुख्य आधार बनेका छन् ।