सिद्धार्थ बैंकका ग्राहकले विराटनगरको गोल्डेन हस्पिटलमा १० प्रतिशत छुट पाउने


काठमाडौं

सिद्धार्थ बैंक र विराटनगरको गोल्डेन हस्पिटल प्रालिबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

विराटनगरमा सम्पन्न एक विशेष समारोहमा गोल्डेन हस्पिटलका प्रमुख कार्यकारी अधिकृत मो. जियाउल हक र सिद्धार्थ बैंक लिमिटेडका विराटनगर शाखा प्रबन्धक सूर्यप्रसाद शर्माले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार बैंकका ग्राहकले विराटनगरस्थित गोल्डेन हस्पिटलमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

यस सम्झौताले ग्राहकलाई छुट सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकको छ ।